Section 37
प्रारम्भिक साधारण सभाको काम, कर्तव्य र अधिकार
: प्रारम्भिक साधारण सभाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क)  प्रारम्भिक साधारण सभा हुने अघिल्लो दिनसम्मको काम कारबाही र आर्थिक कारोबारको जानकारी लिने,
(ख)  चालू आर्थिक वर्षको लागि वार्षिक कार्यक्रम तथा बजेट स्वीकृत गर्ने,
(ग)  प्रतिवेदन तथा वित्तीय विवरण अनुमोदन गर्ने,
(घ)  विनियममा उल्लेख भए बमोजिम समिति वा लेखा सुपरिवेक्षण समितिको निर्वाचन गर्ने,
(ङ)  आन्तरिक कार्यविधि पारित गर्ने,
(च)  लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने,
(छ)  विनियममा तोकिए बमोजिमका अन्य कार्यहरू गर्ने ।